Post Pic

Introduction

ग्रामिण भेगमा घोडेटो बाटो र ग्रामिण सडक निर्माण तथा सुधार गरेर ग्रामिण जनजीवनको आवागमनमा सुगमता ल्याई आर्थिक अवसर प्रदान गर्ने र खाद्यान्न अभाव क्षेत्रमा विश्व खाद्य कार्यक्रमको सहयोगमा कामको लागि खाद्यान्न कार्यक्रम संचालन गरि श्रमको बदलामा खाद्यान्न ज्याला उपलव्ध गराई खाद्यान्न अभावलाई न्यून गर्नका साथै स्थानीय स्तरमा रोजगारी श्रृजना गर्ने हेतुले स्थानीय विकास निर्माण समितिको नामबाट आ.व.२०३३।३४ देखि शुरु भएको यस कार्यक्रमको लागि २०४६ बाट खाद्यान्न सहयोग उपलव्ध नभए पनि नेपाल सरकारले आफनै श्रोतबाट ग्रामिण यातायातको विकासलार्ई निरन्तरता दिन आयोजनाको रुपमा कार्यक्रम संचालन गर्ने निर्णय अनुरुप निम्नानुसार विभिन्न आयोजनाको नामबाट कार्यक्रम संचालन हुदै आएको छ।

  • स्थानीय विकास निर्माण समिति २०३३ – २०४६
  • गोरेटो घोडेटो आयोजना २०४६ – २०५१
  • स्थानीय विकास निर्माण आयोजना २०५१ – २०५८
  • स्थानीय विकास निर्माण एवं कृषि सडक आयोजना २०५८ –२०६२
  • कृषि तथा स्थानीय स्तरका सडक आयोजना २०६२ – २०६६
  • स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम २०६६ देखि

हाल नेपाल सरकार, स्थानीय निकाय तथा दातृ निकायहरुको सहयोगमा स्थानीयस्तरमा संचालित ग्रामीण यातायात पूर्वाधार विकास संबन्धि कार्यक्रमहरुमा देखिएको विविधता तथा दोहोरोपनलाई हटाई विकेन्द्रिीकरणकै नीति अनुरुप विद्यमान प्रकृया र पद्धति अवलम्बन गरी उपलब्ध सिमित साधन श्रोतको एकिकृत रुपमा उपयोग गरी यस क्षेत्रको लागि निर्धारित लक्ष्य हासिल गर्नको लागि प्रभावकारी रुपमा कार्यक्रमहरुको संचालन र व्यवस्थापन गर्न आवश्यक देखिएकोले ग्रामीण यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम (RTI SWAp) को रुपमा संचालन गर्न नेपाल सरकार र संबद्ध दातृ निकायहरुबाट प्रतिबद्धता जनाइएकोमा सो अवधारणा अनुसार कार्यक्रम संचालन गर्ने क्रममा आ.ब. २०६६/६७ देखि कृषि तथा स्थानीय स्तरका सडक आयोजनाको रुपमा संचालित कार्यक्रमलाई (RTI SWAp) को अवधारण अनुरुप स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम को रुपमा संचालन गरिएको छ। आ.ब.०६७।६८ मा विभिन्न ७ जिल्लाहरुमा नमुनाका रुपमा सडक मर्मत संभार कार्यक्रम संचालन गर्ने व्यवस्था गरिएको छ। (RTI SWAp) सबै जिल्लाहरुमा क्रमशः लागु हुदै जाने भएकोले सो अवधारणा अनुरुप कार्यक्रम संचालन नभएका जिल्लाहरुमा साविककै कृषि तथा स्थानीय स्तरका सडक आयोजना कार्यान्वयन निर्देशिका अनुसार नै कार्यक्रम संचालन हुने व्यवस्था गरिएको छ।